
कपिलवस्तु, ३ मंसिर । कपिलवस्तु जिल्लामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आइरहेको ना४ख १०९४ नंको बसले पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित खगेन्द्रपुर नजिक रोकिराखिको ना४ख ५३१९ नं को बसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना बुधबार राति भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा कोहलपुर नगरपालिका– २ बाँके घर भई बागलुङमा कार्यरत प्रहरी जवान २५ वर्षीय शिव खत्री र कजेरी बर्दिया बस्ने ३२ वर्षीय चन्द्रबहादुर रोकाया छन् ।
करिब ३५ घाइतेमध्ये झन्डै १५ जनाको अवस्था गम्भीर छ । घाइते करिब १२ जनालाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि बुटवल पठाइएको छ ।
अन्यको चन्द्रौटामा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय गोरुसिङ्गेले जनाएको छ ।












प्रतिक्रिया