२२ कार्तिक २०८३, आइतबार

आन्दोलन घोषणा गर्न सिंहदरबारमा मधेसी मोर्चाको बैठक बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madheshi-Morcha-Meeting-Jiकाठमाडौं, ३ मंसिर । सत्तारुढ दलहरुसँगको वार्ता, आन्दोलन र भावी रणनीति तयारपार्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दैछ ।

सिंहदरबारमा बिहान एघार बजेपछि बस्ने बैठकमा आन्दोलन र वार्ताका क्रममा देखिएका विषयमा समीक्षा हुने सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।

‘अब आन्दोलनलाई थप उचाइँमा पुराउने निर्णय हुन्छ’, उहाँले भन्नुभयो, ‘सरकार पक्ष दलहरुको भुलभुलैयामा मधेसी मोर्चा लाग्दैन ।’

महासचिव सुमनले सरकारले मधेसी मोर्चाका मागप्रति गम्भीरतापूर्वक कहिल्यै ध्यान नदिएको उल्लेख गर्नुभयो ।

सरकारसँग वार्ता गर्दै आएको मधेसी मोर्चाले माग पूरा गराउन दबाव दिने उद्देश्यले तराई मधेसका जिल्लाहरुमा बिकेन्द्रित आन्दोलन गर्ने तयारी गरेको छ । नाकाबन्दीलाई यथावत राख्दै थप कडा आन्दोलन घोषणा गरिने सुमनले उल्लेख गर्नुभयो ।