– विमल योगी
काठमाडौं, २ मंसिर । सरकार र मधेसी मोर्चाबीच ‘निर्णायक’ भनिएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ ।
अपराह्न ४ बजेदेखि सिंहदरबारमा भएको वार्तामा राजनीतिक वार्ता टोलीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विकल्पमा मधेसी मोर्चा सहमत नभएपछि वार्ता विना निष्कर्ष टुङ्गिएको वार्ता टोलीका सदस्य एवं कानुनमन्त्री अग्नी खरेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो- सरकारी प्रस्तावमा उहाँहरु(मोर्चाका नेता) सहमत हुनुभएन्, हामीले आन्दोलनको स्वरुप परिवर्तन गर्नुस् । नाकाको अवरोध हटाएर वार्ताको वातावरणलाई अझै बोलियो बनाउन भन्यौ । तर, उहाँहरुले मान्नुभएन् । अर्काे बैठकमा कांग्रेससहित वार्ता हुन्छ ।’
उहाँले वार्तामा कांग्रेस किन सहभागी भएन भन्ने प्रश्नमा समन्वय र सूचनामा ढिलाइ भएकाले कांग्रेस उपस्थित नभएको बताउनुभयो । अर्काे वार्तामा कांग्रेस पनि सहभागी मन्त्री खरेलको भनाई छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका महासचिव मनिष सूमनले प्रचण्डको प्रस्ताव आफूहरुले अस्वीकार गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो- वार्तामा एमाओवादी अध्यक्ष प्रचण्डले सीमांकनमा संवैधानिक आयोग बनाएर तथा राजनीतिक सहमति गरेर जानुपर्छ भन्ने प्रस्ताव राख्नुभयो । जसको हामीले पहिल्यैदेखि विरोध गर्दै आएका छौं । अहिले कसरी सहमत हुने ?’













प्रतिक्रिया