२२ कार्तिक २०८३, आइतबार

नेपालमा सेवा गर्दै आएकी अमेरिकी युवती म्यागी डोयन बनिन् ‘सिएनन हिरो २०१५’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CNN-Hero-1000x0काठमाडौं, २ मंसिर । नेपालका बालबालिकाको सेवामा खटिएकी अमेरिकी युवती म्यागी डोयनले यस वर्षको सिएनएन हिरोको उपाधि जितेकी छिन् ।

मंगलबार अमेरिकाको न्यूयोर्कमा आयोजित समारोहमा म्यागीलाई ‘सिएनएन हिरो २०१५’को विजेता घोषणा गरिएको हो । १० जना प्रतिस्पर्धी मध्येबाट अनलाइन भोटिङको आधारमा म्यागीलाई विजेता घोषणा गरिएको हो ।

उनले एक लाख अमेरिकी डलर पुरस्कारका साथै उत्कृष्ट १० मा परे वापत हरेकले पाउने थप १० हजार डलर पाउने छिन् । नेपालबाट यसअघि अनुराधा कोइराला र पुष्पा बस्नेत सिएनएन हिरो भइसकेका छन् ।

उनले नेपालमा बसेर विभिन्न कारणले बाआमा गुमाएका अनाथ बालबालिकालाई खोजेर पालनपोषण र शिक्षादिक्षा दिँदै आएकी छिन् । सुर्खेत, वीरेन्द्रनगर, भैरवस्थानमा उनले कोपिला भ्याली सेवा समाजको नाममा विद्यालय चलाएकी छिन् ।

सीएनएन हिरो २०१५ घोषित भएपछि उनले छोरीको रुपमा नेपाल र नेपालीले आफूलाई स्वीकारेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिइन् ।

हेर्नुस् भिडियोः