२२ कार्तिक २०८३, आइतबार

उपप्रधानमन्त्री कमल थापाका भाइ गणेश थापाले खेलकुद मन्त्रीको पद खाइदिने ! मण्डल नडराउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

satya narayan mandalकाठमाडौं, १ मंसिर । यूवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले जस्तो सुकै दवाव आए पनि खेलकुद क्षेत्रमा विकृति र विसंगती भित्राउनेहरूलाई कारवाही गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंम आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘दोषीलाई कारवाही गर्दा मन्त्रीपद धरापमा पर्छ भने पनि मतलब छैन । म महाभारतको एकलब्य हुन तयार छु । तर कसैको दवावमा झुक्दिन । मन्त्री पद त्याग्छु तर दोषीलाई कारवाही नगर्ने कुरा हुँदैन ।’

मन्त्री मण्डलले एन्फाका निलम्बित अध्यक्ष गणेश थापाले गरेको भ्रष्टाचारको विषयमा लेखा समिति र अख्तियारले छानविन गरे पनि किन ओझेलमा पर्‍यो भन्ने विषयमा आफूले अध्ययन गर्ने बताउनुभयो । उहाँले थापाको पछिल्लो केससहित खेलकुद क्षेत्रमा देखिएको विकृतिको स्वतन्त्र छानविनको लागि आफूले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले म केसको अध्ययनमा छु । फिफाबाट आधिकारिक कागजात आएपछि विद्यमान ऐन, कानून र नियम संगत रुपमा कारवाही अगाडि बढाउँछु ।’

मन्त्री मण्डलले खेलकुद क्षेत्र सामान्ती राजसंस्थाबाट निर्देशित सामन्ती मठाधीशले निजी पेवा जस्तो बनाएको आफूले अनुभव गरेको बताउँनुभयो । उहाँले त्यसैको कारण गणेश थापाको नेपाली खेलकुदमा योगदान हुँदा हुँदै सिंगो मुलुकलाई कलंकित र देशको स्वाभीमानमा ठेस पुर्‍याएको दावी गर्नुभयो ।

खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले गणेश थापामाथिको कारवाही अगाडि बढाउन फिफाबाट आधिकारिक दस्तावेज आई नसकेको बताउनुभयो । उहाँले दस्तावेज प्राप्त भएपछि कानुनअनुसार कारवाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

अखिल नेपाल फुटवल संघ (एन्फा)का उपाध्यक्ष कर्मा छिरिङ्ग शेर्पा आफूहरूले दुई वर्षदेखि एन्फामा रहेको विसंगति र विकृतिको विषयमा कुरा उठाउँदै आएकोमा फिफाले त्यस्लाई पुष्टि गरेको दाबी गर्नुभयो ।

उहाँले अहिले पनि गणेश थापाले अबैधानिक रुपमा उपाध्यक्ष नियुक्त गरेर उसैलाई कार्यबाहक दिनलागेकोले त्यसलाई रोक्न खेलकुद परिषदले अग्रसरता लिनुपर्ने बताउनुभयो ।