२२ कार्तिक २०८३, आइतबार

जनतासँग बाबुरामले मागे सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-bhattraiकाठमाडौं, १ मंसिर । पूर्व प्रधानमन्त्री एवं नागरिक अगुवा डा. बाबुराम भट्टराईले सर्वसाधारण जनतासँग सुझाव मागेका छन् ।

डेढ महिनाअघि एकीकृत नेकपा माओवादी परित्याग गरी नयाँ शक्ति गठन गर्ने अभियानमा जुटेका बाबुरामले नयाँ शक्तिका लागि लोगो, वेभसाइटको नाम र नारा (स्लोगन)का लागि मंगलबार सार्वजनिक आह्वान गर्दै सर्वसाधारण जनताबाट सुझाव मागेका हुन् ।

नयाँ राजनीतिक शक्ति निर्माणको चरणमा नयाँ शक्ति निर्माण अभियानका लागि विम्वात्मक चिन्ह (लोगो), वेवसाइटको नाम, अभियानको मुख्य नारा (स्लोगन) को तय गर्नुपर्ने भएकोले सो विषयमा सहभागितामूलक ढंगबाट निर्णय होस् भन्ने हेतुले बढीभन्दा बढी सुझावको अपेक्षा गरेको बाबुरामले बताए ।

आफ्नो सुझाव नाम, ठेगाना, पेशा, सम्पर्क नम्बरसहित बाबुरामको इमेल ठेगानामा पठाउन सकिने छ ।