२२ कार्तिक २०८३, आइतबार

मधेसी मोर्चाका माग पुरा गर्न प्रमुख चार दलले विशेष प्रस्ताव ल्याउने (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

a}7s k|d'v /fhgLlts bn g]kfnL sfFu|];, g]skf Pdfn], Pg]skf dfcf]jfbL / dw];L df]rf{aLr cfOtaf/ l;+xb/af/l:yt Joj:yflksf–;+;b ;lrjfno kl/;/df ePsf] a}7sdf ;xefuL g]tfx? . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं, २९ कात्तिक । मधेस आन्दोलन र संविधान संशोधनको विषयमा केन्द्रित रहेर प्रमुख चार राजनीतिक दल र मधेसी मोर्चाबीचको पहिलोपटक वार्ता भएको छ ।

सिंहदरबारस्थित व्यवस्थापिका–संसद् सचिवालय परिसरमा जारी उक्त वार्तामा सत्तारुढ दल नेकपा (एमाले), एनेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

वार्तामा मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सदभावना पार्टी र सदभावना पार्टीका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो । नयाँ सरकार गठन भएपछि मधेसी मोर्चासँग भएको उक्त वार्तामा प्रमुख प्रतिपक्षी दल पहिलोपटक सहभागी भएको हो ।

वार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएका सहमति र वार्ताका विषयमा सकारात्मक छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘उहाँहरु तयारी, योजना र भिजन बिनै आउनुभएको रहेछ । सकारात्मक छलफल भयो । ठोस वार्ता हुन सकेन् । चारदलको तर्फबाट एमाओवादी अध्यक्ष प्रचण्डजीले भोली साँझसम्म मधेसका माग सम्बोधनका लागि विशेष प्रस्ताव ल्याउछौं भनेका छन् । अब भोलीसम्म कुर्छौ ।’

a}7s k|d'v /fhgLlts bn g]kfnL sfFu|];, g]skf Pdfn], Pg]skf dfcf]jfbL / dw];L df]rf{aLr cfOtaf/ l;+xb/af/l:yt Joj:yflksf–;+;b ;lrjfno kl/;/df ePsf] a}7sdf ;xefuL g]tfx? . tl:a/ M /Tg >]i7, /f;;

वार्तामा नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता झलनाथ खनाल र कानुन तथा न्याय मन्त्री अग्नि खरेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राप्रपा नेपालका संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरी सहभागी हुनुहुन्थ्यो ।

त्यस्तै मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेता अशोक राई र राजेन्द्र श्रेष्ठ, तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठी, तराई मधेस सद्भावना पार्टीका महेन्द्र यादव र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी हुनुहुथ्यो ।

4 Party-Morcha-Meeting 4 Party-Morcha-Meeting-1 4 Party-Morcha-Meeting-2 4 Party-Morcha-Meeting-3 4 Party-Morcha-Meeting-4