२२ कार्तिक २०८३, आइतबार

राजधानीमा आजदेखि दाउरा विक्रीवितरण सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Daura

काठमाडौं, २९ कात्तिक । भारतको अघोषित नाकाबन्दीबाट ग्यास र मट्टितेलको अभावले समस्यामा परेका उपत्यकाबासीले आजदेखि दाउरा खरिद गर्न पाउने भएका छन् ।

इन्धन अभावमा खानासमेत पकाउन नपाएका काठमाडौं उपत्यकाका सर्वसाधारणका लागि सरकारले आइतबारदेखि दाउरा बेच्न सुरु गरेको छ । वन तथा भू–संरक्षण मन्त्रालयले टिम्बर कर्पोरेशन अफ नेपाल (टीसीएन)को डीपोबाट दाउरा बेच्न सुरु गरेको हो । टीसीएनको बालकुमारी र पशुपति डिपोबाट आइतबार बिहानैदेखि दाउरा बिक्री भइरहेको छ ।

सर्वसाधारणले १५ रुपैयाँ किलोको दरले बढीमा एक सय किलोसम्म दाउरा किन्न पाउने टीसीएनका महाप्रवन्धक वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसारसंघ संस्थाहरुले बढीमा ५ सय किलो दाउरा प्रतिकिलो १७ रुपैयाँका दरले किन्न पाउने छन् । दाउरा किन्नेले डीपोबाट अनिवार्य कुपन लिनुपर्ने छ ।