२२ कार्तिक २०८३, आइतबार

नाकाबन्दी खोल्न सत्तारुढ दलहरू र मधेसी मोर्चाबीच वार्ता हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-1काठमाडौं, २९ कात्तिक । सत्तारुढ दलहरूले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आज वार्ता गर्ने भएका छन् । राजधानीमा हुने वार्तामा समग्र मागका विषयमा छलफल हुनेछ ।

आज हुने वार्तामा मधेसी मोर्चाले उठाएको प्रमुख माग संघीय प्रदेशको सिमाङ्कनमै केन्द्रित हुने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

‘हाम्रो मागका विषयमा सरकारी पक्षलाई जानकारी छ’, उहाँले भन्नुभयो, ‘सिमाङ्कनकै विषयमा केन्द्रित रहेर वार्ता गर्ने छौँ ।’

वार्ताका लागि एमाओवादीका अध्यक्ष एवम् उच्चस्तरीय राजनीतिक समितिका संयोजक पुष्पकमल दाहालले मधेसी मोर्चालाई सन्देश पठाइ सक्नुभएको छ । सन्देश पठाए पनि वार्ताको स्थान र समय भने अझै तोकिएको छैन ।

सम्भवत राजनीतिक समितिको बैठकपछि मधेसी मोर्चासँग सत्तारुढ दलहरूले बालुवाटारमै वार्ता गर्न सक्ने स्रोतको दाबी छ । यद्यपि समय र स्थानका विषयमा पछि जानकारी गराउने उल्लेख गरिएको छ ।

नाकाबन्दी गर्दै आएको मधेसी मोर्चाको आन्दोलनले जनताले तीन महिनादेखि सास्ती भोग्दै आएका छन् ।