
काठमाडौं, २९ कात्तिक । भारतीय र मधेसी मोर्चाको नाकाबन्दीले दुई महिनादेखि जनताले दुःख पाइएरहेका बेला समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मधेसी मोर्चाका माग र आन्दोलनको विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
मधेसी मोर्चाले उठाएको प्रमुख माग सिमाङ्कनका विषयमा के गर्ने भन्ने विषयमा पनि छलफल हुने बुझिएको छ ।
समितिका संयोजक पुष्पकमल दाहालले यसअघि मधेसी मोर्चाका नेताहरूसँग अनौपचारिक रुपमा सम्पर्क गरी वार्ताको वातावरण बनाउनुभएको थियो ।
वार्ताको वातावरण बनाउने जिम्मेवारी पाउनुभएका दाहालले छिट्टै मुलुकले निकास पाउने दाबी गर्नुभएको छ ।
राजनीतिक समितिको बैठक सवा दस बजे बालुवाटारमा बस्नेछ । बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरूको सहभागिता रहनेछ ।












प्रतिक्रिया