काठमाडौं, २९ कात्तिक । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्ता एवम् आगामी १३औँ महाधिवेशनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीहरूको बैठक बस्दैछ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा मधेसी मोर्चाको माग र संघीय प्रदेशको सिमाङ्कनका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
मधेसी मोर्चाले सिमाङ्कनमा आफ्नो बटमलाईन रहेको भन्दै सो विषयमा कांग्रेसको धारणा माग गरेपछि पदाधिकारीको बैठक बस्न लागेको हो ।
मुलुकको समस्या, नाकाबन्दीको अन्त्य र जनजीवन सहज बनाउने उद्देश्यले आन्दोलनरत मधेसी मोर्चासँग वार्ता सुरु गरेको छ ।
उसले आफूले संसदमा दर्ता गराएको समावेशी र निर्वाचन क्षेत्र निर्धाणसम्बन्धी आफ्नो प्रस्तावलाई अनुमोदन गराउने उद्देश्य पनि लिएको छ ।
कांग्रेस पदाधिकारीहरूको बैठक नौ बजेपछि सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा बस्नेछ ।












प्रतिक्रिया