२२ कार्तिक २०८३, आइतबार

थामडाँडामा बस दुर्घटना, ६० जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Myagdi-Bus-Accident

म्याग्दी (बेनी), २८ कात्तिक । म्याग्दीको बरङ्जाबाट बेनीतर्फ आउँदै गरेको ग १ ख ५३६६ नम्बरको यात्रु बाहक बस थामडाँडाँको रत्नेखोलामा विहान १०ः४५ बजे दुर्घटना हुँदा बसमा रहेका ६० जनाभन्दा बढी यात्रु घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भिर रहेको छ ।

तीब्र गतिमा बेनीतर्फ आइरहेको सो बस सडकदेखि करिव एक सय मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शी लिला गुरुङले जानकारी दिनुभयो ।

बसमा करिव ८० जना रहेका र केही व्यक्ति छतमा रहेका प्रत्यक्षदर्शी गुरुङले जानकारी दिनुभयो ।

घटनास्थल सदरमुकाम बेनीबजारदेखि करिव एक घन्टाको दुरीमा रहेको छ । सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  स्थानीयले घाइतेलाई सडकसम्म ल्याएर राखेका छन् । रासस