२२ कार्तिक २०८३, आइतबार

प्रचण्डलाई भेट्न बाबुराम लाजिम्पाटमा, नागरिक अगुवाको टोलीले राख्यो यस्तो माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-and-Prachandaकाठमाडौं, २८ कात्तिक । एमाओवादी पार्टी परित्याग गरेपछि पहिलोपटक पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

शनिबार बाबुरामसहित नागरिक अगुवाको टोलीले मधेस समस्या समाधानका लागि दबाव दिन भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका प्रचण्डलाई भेटेको हो ।

भारतले गरेको नाकाबन्दी एवं तराई मधेसका जारी आन्दोलनबाट देशलाई चाँडो निकास दिनका लागि सत्तापक्षलाई दबाव दिने उद्देश्यले नागरिक समाजका अगुवाहरुले यस्तो अभियान चलाएका हुन् ।

टोलीमा बाबुरामसहित पिताम्बर शर्मा, सीके लाल, देवेन्द्रराज पाण्डे र कृष्ण हाछेथु रहेका छन् । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटवार्तामा मधेस समस्याको समाधान गरेर चाँडो निकास लिन आग्रह गरिएको थियो । जवाफमा प्रचण्डले मधेसका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको स्वकीय सचिव चुडामणी खड्काले जानकारी दिए ।

बाबुरामसहितको टोलीले समस्या समाधानका लागि दबाव दिन आजै अरु नेताहरुलाई पनि भेट्दैछ ।