२२ कार्तिक २०८३, आइतबार

मधेसी समुदायको मागलाई अधिकतम रुपमा सम्बोधन गर्छौँ : अध्यक्ष प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandaकाठमाडौँ, २७ कात्तिक । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी समुदायको जायज मागलाई अधिकतम रुपमा सम्बोधन गर्ने बताउनुभएको छ ।

तराईमा भइरहेको बन्द, हड्ताल र भारतले अघोषित रूपमा गरेको नाकाबन्दीका कारण इन्धन अभाव हुँदा करिव दुई महिनादेखि नेपाली जनताले सास्ती खेपिरहेको अवस्थाप्रति दुःख व्यक्त गर्दै उहाँले संविधान संशोधन गरेर भएपनि मेधेशी समुदायको जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“संविधान जारी गर्नुभन्दा पनि कार्यान्वयन गर्नु चुनौतीपूर्ण हुनसक्छ,” रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तरक्रियात्मक देउसी भैलो कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो –“त्यसैले सबै दल मिलेर संविधानको कार्यान्वयन गर्न पनि महाधिवेशनपछि नेपाली काँगे्रस राष्ट्रिय सहमतिको सरकारमा आउने विश्वास लिएको छु ।”

उहाँले मधेसी दलहरूलाई सहमतिमा ल्याउन सरकार र आफ्नो पार्टी प्रयासरत रहेको र उनीहरूसँग दैनिक जसो भेटघाट र टेलिफोन वार्ता समेत भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “मुलुकका चार मुख्य राजनीतिक शक्तिमध्ये मधेसी पनि एउटा शक्ति हो । त्यसलाई पनि राष्ट्रिय राजनीतिसँगै सहमतिका साथ अगाडि लैजानुपर्छ ।”

वर्तमान नाकाबन्दीबारे भारतसँग छलफल भइरहेकाले इन्धन आपूर्तिको समस्या चाँडो समाधान हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । रासस