२२ कार्तिक २०८३, आइतबार

जनताको चुल्हो नबलेका बेला प्रचण्ड भने परिवारसहित रिसोर्टमा रमाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २६ कात्तिक । दोस्रो ठूलो सत्तारुढ दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल तिहारका बेला रमाइलो गर्न सिन्धुपाल्चोकस्थित रिसोर्टमा पुग्नु भएको छ ।

आफ्ना परिवारका सदस्य र केही सुरक्षाकर्मीसहित अध्यक्ष दाहाल बुधबार साँझ सिन्धुपाल्चोकको सिकुटेस्थित रिसोर्टमा पुग्नुभएको हो । उहाँका साथ वनमन्त्री अग्नि सापकोटा पनि जानुभएको स्रोतको भनाइ छ ।

यसअघि पनि अध्यक्ष दाहाल सिकुटेस्थित सो रिसोर्टमा गएर मुड फ्रेस गर्दै आउनुभएको छ । उहाँको खानपानको व्यवस्था मन्त्री सापकोटाले मिलाइदिएको स्रोतको दाबी छ ।

भारतलेको नाकाबन्दी र औषधि तथा दैनिक उपभोग्य सामाग्री नपाएर कष्टकर दैनिकी वितारइरहेका बेला सत्तारुढ दल एमाओवादीका अध्यक्ष भने सपरिवार रिसोर्टको बासका लागि त्यसतर्फ जानुभएको हो ।