२२ कार्तिक २०८३, आइतबार

मोदी र भारतलाई एकल्याउने समय यही हो : विश्वकर्मा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khadag Bishwakarmaकाठमाडौं, २५ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्त खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ले वर्तमान सरकार राजनीतिक र कुटनीतिक विषयमा विफल भइसकेकाले विगघठन गर्नुपर्ने माग गर्नुभएको छ ।

आज बिहान नेपालवाणी रेडियो नेटवर्कसँग कुरागर्दै विश्वकर्माले जनतालाई अभावमा सहज आपूर्ति व्यवस्था गर्न नसक्ने सरकारको औचित्य समाप्त भइसकेको बताउनुभयो ।

‘अभावका बेला बैकल्पीक व्यवस्था गर्न नसक्ने यो सरकारको औचित्य समाप्त भइसकेको छ’, उहाँले भन्नुभयो, ‘देश अभावमा छट्पटाइरहेका बेला केपी ओली र प्रचण्ड चुप लागेर बसेका छन् ।’

प्रवक्ता विश्वकर्माले वार्तमान सरकार कम्युनिष्टको नाममा राष्ट्रघाती र दलालको सरकार रहेको आरोप लगाउनुभयो ।

‘यो सरकार कम्युनिष्ट नामधारीहरूको सरकार हो । यसले कांग्रेसले भन्दा जटिल समस्या उत्पन्न गरेको छ’, उहाँले भन्नुभयो, ‘सरकार विघठन हुनुपर्छ । ओली सरकारको काम छैन ।’

सरकार विघठनको माग गरे पनि नेकपा माओवादीका प्रवक्ता विश्वकर्माले त्यसपछिको विकल्पका बारेमा केही बताउनुभएन ।

भारतले नेपालविरुद्ध गरेको गतिविधिमा नरेन्द्र मोदीले पुनःविचार गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘भारतले नेपाललाई अन्तर्राष्ट्रिय सन्धी, सम्झौता र कानुन विपरित नाकाबन्दी लगाएको छ’, विश्वकर्माले भन्नुभयो, ‘यस्तो बेलामा सबै राजनीतिक खिचातानी भुलेर राष्ट्र एक जुट हुनुपर्छ । हाम्रा जनताको दसैँ र तिहार खोसिएको छ । आपूर्ति व्यवस्था बैकल्पीक मार्गबाट सहज बनाउनुपर्छ ।’