२२ कार्तिक २०८३, आइतबार

‘कुकुर मनपर्छ, तिहारमा म कुकुरसँग उकालो चढ्छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati-Shamsher-Ranaकाठमाडौं, २५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबरा राणाले तिहारमा कुकुरसँग हिँडेर रमाइलो गर्ने बताउनुभएको छ ।

उहाँले आफूलाई कुकुर मन पर्ने भएकाले कुकुरलाई लिएर उकालो चढ्ने योजना बनाएको बताउनुभएको हो ।

नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि मधमलासँग कुरागर्दै अध्यक्ष राणाले भन्नुभयो, ‘ म कुकुर लिएर उकालो चढ्छु । कुकुरसँग हिँड्न मन पराउँछु । तिहारमा दिदीसँग टीका लगाउँछु । धेरै रमझम गर्दिन ।’

त्यसो भए तपाई तिहारमा कुकुरसँग उकालो चढ्नु हुन्छ ? जवाफमा राणाले भन्नु भयो, ‘हो म कुकुरसँग उकालो चढ्न मन पराउँछु ।’

यसैबीच, राप्रपा अध्यक्ष राणाले प्रधानमन्त्री केपी ओलीले पार्टीबाट मन्त्री बन्नेहरूको नाम नमागेको बताउनुभएको छ ।

‘प्रधानमन्त्री ज्यूले मन्त्रीको नाम माग्नुभएको छैन’, उहाँले भन्नुभयो, ‘नाम माग्नुभयो भने केन्द्रीय नेतृत्वमा नरहेका सांसद साथीहरूलाई पठाउँछु ।’

राप्रपाभित्रको विवाद मिलाउने आफूले कोशिस गरिरहेको राणाले बताउनुभयो । उहाँले पार्टीको विवाद मिलाउनकै लागि लोकेन्द्रबहादुर चन्दसँग एक/दुई पटक कुराकानी गरेको पनि उल्लेख गर्नुभएको छ । कुराकानी भएपनि अझै नमिलेको राणाले बताउनुभयो ।

लोकेन्द्रबहादुर चन्दले पार्टीको बहुमत सदस्यको निर्णयअनुसार आफू अध्यक्ष दाबी गर्दै निर्वाचन आयोगलाई जानकारी गराएपछि राप्रपामा एउटा समूहको चन्द र अर्को समूहको नेतृत्व राणाले गर्दै आउनुभएको छ ।