१२ कार्तिक २०८३, बिहिबार

महाकालीमा जीप खस्यो, दुई जनाको मृत्यु (फोटो फिचरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Geep-Accident-Darchula (2)

– नरेन्द्रसिह कार्की
दार्चुला, २४ कात्तिक । दार्चुलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

अपि नगरपालिका १३ धापको मसिन बालुवा भन्ने ठाउँमा म १ ज १४० नम्बरको जीप मंगलबार अपराह्न दुर्घटना हुँदा जीपमा सवार २ जनाको सव फेला परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा म १ ज १५३ नम्बर जीप चालक शंकरपुर ३ घर भएका किशनसिह धामी र दुर्घटना भएको जीपका सह चालक अपि नगरपालिका ११ का कैलाश लुहार रहेका छन् । यस्तै जीपमा अन्य ४ जना महाकाली यातायातका स्टाफ रहेको भन्ने बुझिएको छ ।

जीप महाकाली लोकमार्गबाट २ सय मिटर तल महाकाली नदीमा खसेको छ । सदरमुकाम खलंगाबाट ६ किलोमिटरमा जीप दुर्घटना भएको हो । अपि नगरपालिकाको धापबाट सदरमुकाम खलंगा आउने क्रममा जीप दुर्घटना भएको हो । जीप तिव्र गतिमा गुडको कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

Geep-Accident-Darchula (1)Geep-Accident-Darchula (2)