१२ कार्तिक २०८३, बिहिबार

पटाका काठमाडौं पठाउन लागेका भारतीय नागरिक एयरपोर्टबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatkadi Pakrauबुटवल(खस्यौली), २४ कात्तिक । विस्फोटक पदार्थ पटाका सहित प्रहरीले सिद्धार्थ गौतमबुद्ध विमानस्थल भैरहवाबाट दुई जनालाई पक्राउ गरेको छ ।

बुद्ध एयरको उडानबाट कोटिएर कुरियर्समार्फत कार्टुनमा राखेर काठमाडौँ लैजान लागिएको ४८ बट्टा पटाका सहित भारत महाराजगन्ज सुनौली ग्राम फरेनियाका कोटियर कुरियर भैरहवामा काम गर्ने २७ वर्षीय अजय तिवारी र रुपन्देही सिद्धार्थनगरपालिका–६ का सोही कुरियरमा काम गर्ने २१ वर्षीय फैजन अन्सारीलाई विमानस्थल प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रासस