काठमाडौं, २४ कात्तिक । अमेरिकी राष्ट्रपति बराक ओबामाले सोमबार आफ्नो एक नयाँ फेसबुक पेज सञ्चालनमा ल्याउनुभएको छ ।
उहाँले सो पेजमा गर्नुभएको पहिलो पोष्टमा जलवायु परिवर्तनको असर कमगर्ने कार्यका लागि कामगर्न सबैसँग आग्रह गर्नुभएको छ । अब जो कोहीले अमेरिकी राष्ट्रपति ओबामासँग सो पेजमाफर्त सम्पर्क गर्न सक्नेछन् । ओबामाको फेसबुक वालमा म्यासेज लेख्न सकिने र उहाँलाई लाइक वा शेयर गर्न पनि सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ओबामाले ‘प्रेसिडेन्ट ओबामा’ नामबाट फेसबुक अकाउन्ट खोल्नुभएको हो । यो पहिलाबाट चलेको फेसबुक अकाउन्ट ‘बाराक ओबामा’ भन्दा फरक रहेको समाचारमा जनाइएको छ । ओबामाले आफ्नो पहिलो पोष्टमा थप लेखेका छन्- ‘हलो फेसबुक । मैले आफ्नै पेज पाएको छ । मलाई लाग्छ यहाँ हामी आफ्नो देशको सबैभन्दा महत्वपूर्ण मुद्धामा कुराकानी गर्न सक्छौं । यहाँ तपाई सिधै मलाई सम्पर्कमा रहन सक्नुहुन्छ र आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ ।’













प्रतिक्रिया