१२ कार्तिक २०८३, बिहिबार

मधेसी मोर्चाले बन्द नगर्ने भनेपछि सिरहाका विद्यालय खुले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

schoolलहान, २४ कात्तिक । संयुक्त मधेसी मोर्चाको आमहडतालका कारण करिब तीन महिनादेखि बन्द रहेका सिरहाका विद्यालय सञ्चालन भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा भएको राजनीतिक दल, आन्दोलनरत पक्ष, स्थानीय प्रशासन, शिक्षक र अधिकारकर्मीलगायतको सर्वपक्षीय छलफलमा जिल्लाका विद्यालय सञ्चालनमा अवरोध नगर्ने सहमतिपश्चात् जिल्लाभरिका विद्यालय सञ्चालन भएका हुन् ।

आमहडतालका कारण विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित हुनुका साथै बालबालिकामा मनोवैज्ञानिक असर परेको भन्दै केही दिनअघि भएको सर्वपक्षीय छलफलमा पठनपाठन सञ्चालन गर्ने सहमति भएको थियो ।

लामो आमहडतालका कारण लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेकाले विद्यालय सञ्चालन गरेको नेपाल शिक्षक सङ्गठनका प्रमोदकुमार यादवले जानकारी दिनुभयो । जिल्लाभरिका विद्यालय सञ्चालन भए पनि विद्यालयमा विद्यार्थीको उपस्थिति कम रहेको उहाँले बताउनुभयो ।

यता संयुक्त मधेसी मोर्चाका नेता कार्यकर्ताले विद्यार्थीको भविष्यलाई ख्याल गरी विद्यालय सञ्चालन गर्न दिन सहमत भएको बताएका छन् । रासस