१२ कार्तिक २०८३, बिहिबार

लागुऔषधसहित झापाबाट दुई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorसुरुङ्गा (झापा), २४ कात्तिक । प्रहरीले झापाको अलगअलग स्थानबाट लागुऔषधसहित गएराति दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको शनिश्चरे– १४ निवासी २१ वर्षीय दिनेश कार्की र झापा तोपगाछी– ७ निवासी २० वर्षीय गौरव श्रेष्ठ रहेका छन् ।

कार्कीलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत मेचीनगर– १० स्थित जोरसिमलमा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा वेस क्याम्पको टोलीले को१ख २४४८ नंको बसमा लुकाएर ल्याउँदै गरेको लागुऔषध कोरेक्स चार बोतल, नाइट्रोजन १४० ट्याब्लेटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरी काँकडभिट्टास्थित मूलगेटमा इलाका प्रहरी काँकडभिट्टाको टोलीले जाँचका क्रममा श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले बताउनुभयो । उनको साथबाट लुपिजेसिक १३ थान, फेनारगन १३ र डाइजोपाम १३ थान गरी ३९ थान लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । रासस