१२ कार्तिक २०८३, बिहिबार

कञ्चनपुरमा विद्यालयलाई तीन कट्टा जमिन दान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchanpur– डम्मरराज भट्ट
महेन्द्रनगर, २४ कात्तिक । शैक्षिक विकासका लागि भन्दै पूनर्वासमा सञ्चालन भएको धार्मिक तथा शैक्षिक महोत्सव मंगलबार सम्पन्न भएको छ ।

पुनर्वास नगरपालिका १३ मोतीबस्तीको सरस्वती उच्च माध्यामिक विद्यालयमा सञ्चालन भएको धार्मिक महोत्सवमा धेरैले दान गरेका छन् ।  महोत्सव मुल आयोजक समितिका संयोजक बिर बहादुर थापाले धार्मिक महोत्सवमा दाताहरुले पैसादेखि लिएर जग्गाजमिनसम्म दान गरेको बताए ।

उनका अनुसार पुनर्वासका साहित्यकार तथा समाजसेवी तारादत्त पनेरु (चनाडी)ले विद्यालयलाई तीन कट्टा जमिन दान गरेका छन् । पनेरुले विद्यालयको प्रगति र विकासका लागि भन्दै पुर्नवास नगरपालिका १३ अमरैयाको तीन कट्टा जमिन दान गरेका हुन् ।

आफूले विद्यालयको विकास र गरिब समुदायका छोराछोरीहरुले ज्ञान पाउन भन्दै जमिन दान गरेको पनेरुले बताउनुभयो । ‘मैले यो समाजको शैक्षिक विकासका लागि जमिन दान गरेको हुँ,’ उनले भने– ‘यसबाट समाजमा केही राम्रो काम हुन्छ ।’ महोत्सवमा अन्न दान समेत गरिएको छ ।

विस २०३६ सालमा स्थापना भएको विद्यालयको विकास तथा प्रगतिका लागि नै उक्त महोत्सव आयोजना गरिएको थियो ।