काठमाडौं, २४ कात्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नो १३औँ महाधिवेशनका पूर्व अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा ‘अर्थ संकलन समिति’ गठन गरेको छ ।
कांग्रेसद्वारा आज जारी विज्ञप्तिअनुसार पार्टीको तेह्रौँ महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न महतको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिले महाधिवेशनलाई आवश्यक पर्ने रकम संकलन गर्नेछ ।
समितिको सदस्यहरूमा विमलेन्द्र निधि, नारायण खड्का, मीनेन्द्र रिजाल, प्रतापराम लोहार, महेन्द्र शर्मा भुसाल, चिनकाजी श्रेष्ठ, दीव्यमणि राजभण्डारी, खुमाप्रसाद अर्याल, उमेश श्रेष्ठ, तिलक रानाभाट र जयराम लामिछाने रहेका छन् ।
यसअघि कांग्रेसले १३औँ महाधिवेशनका लागि आवश्यक पर्ने १३ वटा विभिन्न समिति गठन गरिसकेको छ । कांग्रेसको महाधिवेशन काठमाडौंमा हुनेछ ।












प्रतिक्रिया