विराटनगर, २४ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भारतले गरेको अघोषित नाकाबन्दीले नेपालीहरू समस्यामा परेकाले सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
सोमबार बेलुका विराटनगरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा महामन्त्री सिटौलाले नेपाली जनतालाई दुःख दिने गरी भारतले अघोषित नाकाबन्दी गरेको बताउनुभयो । उहाँले तत्काल भारतले नाकाबन्दी खुल्नु पर्ने माग गर्नुभयो ।
‘यस्तो अवस्थामा भारत र नेपाल सरकार दुवै गम्भीर बनी समाधान निकाल्नुपर्छ’, उहाँले भन्नुभयो ।
अहिले नेपाल–भारत सीमा क्षेत्रमा बसेर आन्दोलन गरिरहेका मधेसवादी दलका नेताहरूलाई नेता सिटौलाले सीमामा बसेर समस्याको समाधान हुनै नसक्ने सुझाव दिनुभयो ।












प्रतिक्रिया