१२ कार्तिक २०८३, बिहिबार

प्रभावकारी ढङ्गले जिम्मेवारी पूरा गर्ने सेनालाई रक्षामन्त्री रावलको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawalकाठमाडौैँ २३ कात्तिक । नवनियुक्त उपप्रधान एवम् रक्षामन्त्री भीम रावल आज सैनिक मुख्यालय जङ्गी अड्डा जानु भई आवश्यक जानकारी लिनुभएको छ ।

सो अवसरमा रक्षामन्त्री रावलले सेनाले गरेका कार्यको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा आप्mनो जिम्मेवारी र भूमिका निर्वाह अझै प्रभावकारी ढङ्गले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले उहाँलाई स्वागत गर्दै नेपाली सेनाको सङ्गठनको ढाँचा सञ्चालन विधिलगायतका विषयमा आवश्यक जानकारी गराउनुभएको थियो । रावल रक्षामन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सैनिक मुख्यालयको निरीक्षणका लागि आज त्यहाँ पुग्नुभएको हो ।

समारोहमा बलाधिकृत रथी बलदेवराज महतले नेपाली सेनाको आगामी कार्यदिशाका बारेमा जानकारी गराउनुभयो ।

96-01व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापाले नेपाली सेनाको सुरक्षा वातावरण, व्यवस्था नीति तथा योजना निर्देशक सहायक रथी शरदकुमार गिरीले नेपाली सेनाको भूमिका, जिम्मेवारी एवम् गरिरहेका कार्य र व्यवस्था तथा युद्धकार्य निर्देशक सहायक रथी देवेन्द्रबहादुर मेधासीलगायत अन्य विभागीय प्रमुखले नेपाली सेनाको कारबाही तथा अन्य भूमिका सम्बन्धमा रक्षा मन्त्री रावललाई जानकारी गराउनुभयो ।

कार्यक्रममा रक्षा सचिव ईश्वरीप्रसाद पौडेललगायत रक्षा मन्त्रालयका पदाधिकारी तथा नेपाली सेनाका रथीबृन्दहरूको उपस्थिति थियो ।