१२ कार्तिक २०८३, बिहिबार

टर्किस एयरको विमानमा चरा ठोक्कियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Turkish-Airlinesकाठमाडौं, २३ कात्तिक । टर्कीको इस्तानबुल उडेको टर्किस एयरको जहाजमा सोमबार दिउँसो चरा ठोक्किएको छ ।

दिउँसो १ बजेर ३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट उडेको बिमान ४ सय फिट माथि पुगेको अवस्थामा चरा ठोक्किएको बिमानस्थलको टर्मिनल डिपार्टले जनाएको छ ।

डिपार्ट प्रमुख भोला गुरागाइँले चरा ठोक्किएको भनेर चालकले नै एयर ट्राफिक कन्ट्रोलमा जानकारी दिएको बताए । उनका अनुसार बिमानको सबै अवस्था सामान्य रहेको जानकारी दिँदै पाइलटले विमानको उडान रोकेनन् ।

चरा ठोक्किएपनि क्षति नहुँदा चालक दलका सदस्य र यात्रुहरु सुरक्षित छन् ।