२२ कार्तिक २०८३, आइतबार

सुशील कोइराला अमेरिका गएका बेला कांग्रेस कार्यसमिति विघठन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala-Congres-Nepaकाठमाडौं, २३ कात्तिक । नेपाली कांग्रेसले १३औँ महाधिवेशन भव्यताका साथ सम्पन्न गर्नका लागि १३ वटा समिति गठन गरेको छ ।

कांग्रेसद्वारा आज (सोमबार) जारी विज्ञप्तिअनुसार पार्टीको तेह्रौँ महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न १३ वटा समिति गठन गरिएको जनाइएको हो । कांग्रेसले कांग्रेस सभापति सुशील कोइरालाको संयोजकत्वमा तेहौँ महाधिवेशन मूल तयारी समिति गठन गरिएको छ ।

यो समितिमा सदस्यहरूमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, व्यवस्थापिका सांसदका सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय सभापति, अध्यक्षहरू रहेका छन् ।

महाधिवेशन व्यवस्थापन समितिको संयोजकमा काठमाडौं जिल्ला सभापति भीमसेन दास प्रधानलाई तोकिएको छ । सदस्यहरूमा उपत्यका भित्रका सबै केन्द्रीय सदस्य, ललितपुर र भक्तपुरका जिल्ला सभापति, उपत्यका भित्रका व्यवस्थापिका संसदका सदस्य, भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय सभापति, अध्यक्षहरूलाई राखिएको विज्ञप्तिमा उल्लेख छ ।

नीति तथा कार्यक्रम प्रस्ताव समितिको संयोजक उपसभापति रामचन्द्र पौडेल रहनुभएको छ । यो समितिको सदस्यहरूमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ र विमलेन्द्र निधिलाई तोकिएको छ ।

कांग्रेसको १२औँ महाधिवेशनबाट निर्वाचित पुरानो कार्यसमिति विघठन भएको छ । महाधिवेशन आयोजक समिति बनेको पुरानो कार्यसमितिले महाधिवेशन गर्नेछ ।

कांग्रेस सभापति सुशील कोइराला उपचारका क्रममा अमेरिकामा रहेका बेला यता विज्ञप्ति जारी गरेर हालको कार्यसमितिलाई महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ ।commitee1

commitee2 (1)
commitee3
commitee4