२२ कार्तिक २०८३, आइतबार

निगमले भन्यो, ‘सरकारले इन्धन ल्याउन सहयोग गरेन, अझै भयाबह अवस्था हुन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gopal Khadkaकाठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी ओलीले नाकाबन्दी खुकुले हुने संकेत पाएको समाचार प्रकाशित भइरहेका बेला नेपाल आयल निगमले आफूसँग रहेको इन्धन अत्यावसेक सेवालाई बाहेक बितरण गर्न नसकिने जनाएको छ ।

निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आज (सोमबार) बबरमहलस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी निगमसँग रहेको इन्धन सुरक्षा निकाय र अत्यावसेवक सेवालाई बाहेक अरु कसैलाई वितरण गर्न नसक्ने जनाउनु भएको हो ।

निर्देशक खड्काले सरकारले चासो नदिँदा वैकल्पिक उपायबाट इन्धन ल्याउन नसकिएको बताउनुभयो । ‘वैकल्किप उपायबाट तेल ल्याउन सकिँदैन’, उहाँले भन्नुभाये ।

खड्काले तेल वितरणमा अझै समस्या ररिरहेको चेतावनी दिनुभएको छ । ‘सरकारले वैकल्पिक उपायबाट इन्धन नल्याएसम्म वितरण प्रक्रिया सहज हुँदैन’, उहाँले भन्नुभयो ।

हवाइ इन्धनको पनि अभाव भएको कार्यकारी निर्देशक खड्काले बताउनुभयो । उहाँले भोलि मंगलबारबाट आन्तरिक उडान पनि ठप्प हुने बताउनुभयो ।

सरकारले इन्धनको बैकल्पीक व्यवस्था गर्ने भनेपनि त्यसको कुनै ठोस प्रक्रिया नचालिएको उहाँको संकेत थियो ।

सरकारले चीनसँग इन्धन आपूर्ति गर्ने भनेपनि निगमका कार्यकारी निर्देशक खड्काको भनाइ अनुसार कुनै पनि प्रक्रिया नअपनाइएको संकेत मिलेको छ ।

निगमको यो भनाइसँगै मुलुकभरि अझै केही साता भयाबह अवस्था रहनेछ ।