काठमाडौं, २३ कात्तिक । सीमा नाकामा देखिएको पारबहन तथा आपूर्ति अबरोध हटाउन भारतलाई नेपाल सरकारले औपचारिक आग्रह गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले इन्धन, औषधी लगायतका अत्यावश्यकीय वस्तुको आपूर्ति सहज बजाउन तथा नेपाल भारत सम्वन्ध सुदृढ बनाउन पनि अवरोध हटाउन आग्रह गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।
बैठकमा मधेस आन्दोलन, मधेसवादी दलका मागका विषयमा समेत छलफल भएको थियो ।












प्रतिक्रिया