काठमाडौँ, २३ कात्तिक । तिहार र छठ पर्व मनाउने क्रममा आतिसबाजी, पटाका, भुइँचम्पा दुर्घटनालगायत धनजनको क्षति हुन सक्ने र शान्तिसुरक्षामा प्रतिकूल असर पर्न जाने सम्भावना भएकाले त्यसमा निरुत्साहन गर्न स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम रोक लगाइएको छ व।
त्यसैगरी तिहार पर्वको उपलक्ष्यमा खेलिने देउसी, भैलो कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सम्बन्धित घरधनीको सहमति लिई बिनाकरकाप बेलुकी १० बजेसम्म मात्र मनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
कोही कसैले सो सूचनाको बर्खिलाप हुने कामकारबाही गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने काठमाडौँका प्रजिअ एकनारायण अर्यालकोे विज्ञप्तिमा जनाइएको छ । रासस












प्रतिक्रिया