२२ कार्तिक २०८३, आइतबार

‘प्रधानमन्त्री तराई झरे नाकाबन्दी हट्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gagan-Thapa

धनकुटा, २३ कात्तिक । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री तराई झरेर मधेसी जनतालाई सम्झाएमा भारतले सिमानामा गरेको नाकाबन्दी हट्ने जिकिर गर्नुभएको छ ।

नेपाल प्रेस युनियनले आज बिहान यहाँ गरेको पत्रकार सम्मेलनमा सांसद थापाले भारतले मधेसको आन्दोलनलाई आधार बनाएर नाकाबन्दी गरेकाले मधेसीलाई सम्झाउन सकेमा नाकाबन्दी हट्ने विश्वास व्यक्त गर्नुभयो ।

नेता थापाले आन्दोलनरत मधेसीलाई पनि संसद्मा आवाज उठाउने ठाउँ हुँदा हुँदै नाकामा अवरोध गरेर जनतालाई नसताउन आग्रह गर्नुभयो । शत्रुलाई पनि गर्न नहुने गरी भारतले गरेको नाकाबन्दी अमानवीय भएको बताउँदै उहाँले आपत्ति जनाउनुभयो । एक फरक प्रसङ्गमा नेता थापाले काँग्रेसभित्र गुटबन्दी आगामी महाधिवेशनले अन्त्य गरेरै छाड्ने जिकिर गर्नुभयो । रासस