२२ कार्तिक २०८३, आइतबार

मधेसी मोर्चाले सरकारसँगको अनौपचारिक वार्ता भंग गर्‍यो, आजको वार्तामा सहभागी नहुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barta-vanga-morchaकाठमाडौं, २३ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँगको अनौपचारिकमा सहभागी नहुने घोषणा गरेको छ ।

मोर्चाको निर्णय सुनाउँदै वार्ता टोलीका सदस्य लालबाबु राउतले सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको वार्तामा मोर्चा सहभागी नहुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘हामीले आफ्ना माग प्रस्तुत गरिसकेका छौं । अब अनौपचारिक वार्ताको औचित्य छैन् । औपचारिक तथा ठोस वार्ताको प्रतिक्षामा छौं । आजको वार्तामा सहभागी हुँदैनौं ।’

यो सँगै परराष्ट्र मन्त्रालयमा आज दिउँसो १ बजे हुने भनिएको वार्ता स्थगित हुने भएको छ । मोर्चाले आक्रोश जनाउँदै सरकारले ठोस वार्ताको पहल नगरेको आरोप समेत लगाएको छ ।

मधेसी मोर्चाका वार्ता टोली सदस्य तथा सद्भावना पार्टीका अध्यक्ष लक्ष्मणलाल कर्णले पनि आफूहरू औपचारिक वार्ता गरेर छिटो समस्या समाधानका पक्षमा रहेको बताउनुभयो । ‘हामी अनौपचारिक होइन औपचारिक वार्ताको पक्षमा छौँ’, उहाँले भन्नुभयो, ‘वार्ता टोलीले सबै कुरा मिलाएपछि शीर्ष तहमा बसेर ठोस सहमति गर्नुपर्छ ।’

सरकारी वार्ता टोलीका संयोजक एवम् परराष्ट्रमन्त्री कमल थापाले आजका लागि मधेसी मोर्चासँग अनौपचारिक रुपमा वार्ता गर्न प्रस्ताव राख्नु भएको थियो । सरकारी पक्षले मधेसका मागका सम्बन्धमा हेलचेक्राइ गरेको मधेसी मोर्चाको ठहर छ ।