काठमाडौं, २२ कात्तिक । व्यवस्थापिका संसदको बैठक भर्खरै सुरु भएको छ ।
संसद बहिष्कार गरी करिब दुई महिनाभन्दा बढी समयदेखि मधेसमा आन्दोलन गरिरहेका मधेसी मोर्चाका सांसदहरु बैठकमा सहभागी भएका छन् । बैठक सुरु हुनै लाग्दा मधेसी सांसदहरुले केही बेर संसदमा वितण्डा मच्चाएका छन् ।
उनीहरुले बैठक सुरु हुनासाथ आफ्नो सीटमा उठेर अवरुद्ध गर्न खोजेका थिए । तर,सभामुख ओनसरी घर्तीले बोल्न समय दिने भन्दै बस्न आग्रह गरेपछि संसद बैठक अहिले चलिरहेको छ । बैठकमा नेताहरुले बोल्ने क्रम जारी छ ।












प्रतिक्रिया