
काठमाडौं, २२ कात्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद बैठकका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।
नौ बजेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्ने बैठकमा संसदमा पार्टीले लिने रणनीति र मुलुकको पछिल्लो अवस्थाका विषयमा छलफल गर्ने जनाइएको छ ।
कांग्रेसले मधेसका माग सम्बोधन गर्नका लागि संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराइ सकेको छ । सुशील कोइराला प्रधानमन्त्री भएका बेला नै सो प्रतस्ताव दर्ता गरिएको थियो ।
कांग्रेसले मधेसका माग सम्बोधन गर्न राज्यका सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणलगायतका विषय समेटेर दर्ता गराएको प्रस्तावलाई सनदमा अगाडि बढाउनु पर्ने माग गर्दै आएको छ ।












प्रतिक्रिया