६ कार्तिक २०८३, शुक्रबार

फेरि पनि भारतबाटै मंहगोमा तेल ल्याउन आयल निगमका कर्मचारीको ‘सेटिङ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil tyanker photo (1)काठमाडौं । नाकाबन्दीकाबीच भारतबाटै २३१ रूपैयाँमा अब पेट्राेल अाउँने भएकाे छ । नेपाल आयल निगमले प्रतिलिटर एक सय ३९ रुपैयाँ ४० पैसा घाटा हुने गरीअहिलेभन्दा दोब्बर बढी मूल्यमा पेट्रोल खरिदको सम्झौतासहित पेस्की रकम दिएको छ । यसका लागि निगमले २० करोड रुपैयाँ पेस्कीसमेत दिइसकेको छ ।

निगमले २० करोड रुपैयाँ पेस्की दिएर इन्धन ल्याउन स्वीकृत दिएको विराट पेट्रो केमिकल्सबाट ठूलो नोक्सानी बेहोर्दै इन्धन खरिद गर्न लागेको छ । आफैंले पेस्की रकम दिएको कम्पनीबाट निगमले पेट्रोल दुई सय ३० रुपैयाँ ७१ पैसा र डिजेल एक सय ९३ रुपैयाँ ८६ पैसा प्रतिलिटर (भन्सासहित) मा खरिद गर्न लागेको छ ।

यो इन्धन हालकै बजार मुल्यमा बिक्री गर्दा निगमले प्रतिलिटर पेट्रोलमा एक सय ३९ रुपैयाँ ४० पैसा र डिजेलमा एक सय २३ रुपैयाँ ९५ पैसा प्रतिलिटर नोक्सान बेहोर्नुपर्नेछ । जबकी अहिले भारतबाट खरिद गरिएको पेट्रोलमा १२ रुपैयाँ ६६ पैसा र डिजेलमा ८ रुपैयाँ ५७ पैसा नाफा कमाइरहेको छ ।

निगमले सुटुक्क अनुमति दिएको विराट पेट्रोले सिलिगुढीमा रहेको भारत पेट्रोलियमको रिफाइनरीमा नेपालका लागि तेल ल्याउन ट्याकंर लोड गरेको आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले जानकारी दिए । ‘सम्झौता अनुसार तेल दिन विराट पेट्रोले आसाममा ट्याकंरमा तेल लोड गरिसकेको छ’ बिहीबार ससदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा उनले भने । नयाँ पत्रिकामा खबर छ ।