२२ कार्तिक २०८३, आइतबार

प्रचण्डका यी नेताहरूले बाबुरामलाई समर्थन गर्दै फेरि एमाओवादी छाडे (नामसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand & Baburamकाठमाडौं, २१ कात्तिक । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति निर्माणको अभियानमा सहयोग गर्न एकीकृत माओवादीका १ सय ४५ नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमाओवादीमा राजनीतिक विचलन आएको भन्दै उनीहरूले संयुक्त विज्ञप्ति जारी गरेर पार्टी परित्याग गरेका हुन् ।

एमाओवादी निरन्तर विघटन र विसर्जनको प्रक्रियाबाट गुज्रिरहेको भन्दै उनीहरूले यसलाई पुनर्गठन गर्नुपर्ने जनाएका छन् । पार्टीले कहिल्यै गम्भीर भएर ठोस कदम नचालेको आरोप उनीहरूको छ ।

एमाओवादी पत्यिाग गरेका उनीहरू बाबुराम भट्टराईको नयाँ शक्तिलाई समर्थन गर्ने जनाएका छन् ।

योसँगै भट्टराईको अभियानमा एमाओवादीका विभिन्न जिल्लाहरूबाट पनि नेता तथा कार्यकर्ता ओइरिने क्रम बढेको जनाइएको छ ।

Naya-shakti-1

Naya-shakti-2