२२ कार्तिक २०८३, आइतबार

तराईमा दुई प्रदेश दिए भविष्यमा फेरि नाकाबन्दी हुन्छ, संविधान संशोधन हुँदैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CP Mainaliकाठमाडौं, २१ कात्तिक । उपप्रधान एवम् महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले सिमाङ्कनको विषयमा मधेसी दलका नेताहरूले भने जस्तो गरेर संविधान कदापि संशोधन नहुने चेतावनी दिनुभएको छ ।

आज बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै उपप्रधानमन्त्री मैनालीले सिमाङ्कनमा कुनै विषयमा चित्त नबुझे संघीय आयोगले संवैधानिक रुपमा टुङ्गो लगाउने बताउनुभयो ।

‘मधेसी दलका केही नेताले भन्दैमा संविधान संशोधन हुँदैन’, उहाँले भन्नुभयो, ‘तराईमा दुई प्रदेश दिन सकिँदैन ।’

अहिले मधेसी दलहरूलाई देखाएर भारतले नेपालमा नाकाबन्दी लगाएको प्रशङ्ग उल्लेख गर्दै उपप्रधानमन्त्री मैनालीले भन्नुभयो, ‘अहिले त यसरी नाकाबन्दी लगाएर नेपाललाई दुःख दिन्छन् । तराईलाई दुई प्रदेश दिइयो भने भारतले आफूलाई चित्त नबुझ्ने वित्तिकै मधेसी नेता र दलहरूलाई उचालेर नाकाबन्दी लगाउँछ ।’

भारतले भविष्यमा लगाउने नाकाबन्दी र राजनीतिक हस्तक्षेपलाई कम गर्न पनि तराईमा दुई प्रदेश कदापि हुन नसक्ने उहाँले बताउनुभयो । उहाँले चाहेर वा नचाहेर मधेसी नेता र दलहरू भारतीय षड्यन्त्रमा फेसेको आरोप लगाउनुभयो ।