काठमाडौं, २१ कात्तिक । भारतले गरेको अषोघित नाकाबन्दीका कारण चरम इन्धन अभाव झेलिरहेको नेपाली हवाई क्षेत्रका लागि मध्यपूर्वी मुलुक जोर्डनको एक निजी विमान कम्पनीले इन्धन आयात गर्ने भएको छ ।
आयल निगमको अनुमतिपत्र बुझाउँदै नागरिक उड्डयन प्राधिकरण कार्यालय पुगेको जोर्डन एभिएसन एयरलायन्सले उडान अनुमति (स्लट) पाएको छ ।
बबरमहलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान समयको अनुमति (स्लट) पुगेको जोर्डन एयरलाई स्लट कमिटीले शनिबारदेखि उडान अनुमति दिने निर्णय गरेको विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले बताएको कान्तिपुर दैनिकले छापेको छ ।
स्लट कमिटीमा रहेका प्राधिकरणका निर्देशक भोलाप्रसाद गुरागाईका अनुसार इथियोपियनले बोइङ ७६७ र ट्रिपल सेभन (७७७) विमानबाट हवाई इन्धन ल्याउन अनुमति मागेको थियो ।
तर, समितिले उडान अनुमति इथियोपियनलाई नभई जोर्डनलाई दिएको छ ।















प्रतिक्रिया