६ कार्तिक २०८३, शुक्रबार

लाइनमा बस्दा पनि सबै उपभोक्ताले पेट्रोल पाउन सकेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol-Oilकाठमाडौं, २१ कात्तिक । नीजि मोटरसाइकल र गाडीलाइ लट नम्बरका आधारका बिहीबारदेखि पेट्रोल वितरण गर्न थालिएपनि सबै उपभोक्ताले पेट्रोल पाउन सकेका छैनन् ।

बिहीबार सरकारले काठमाडौं उपत्यकामा करिव ३ लाख ८० हजार लिटर पेट्रोल वितरण गर्दा पनि लाइनमा बसेका सबै उपभोक्ताले पाउन नसकेको गोरखा पत्र दैनिकले छापेको छ ।

शुक्रबार पनि त्यति नै परिणाममा पेट्रोल वितरण गरिएको नेपाल आयल निगमका निर्देशक गोपालबहादुर खड्काले बताए ।

मागको तुलनामा आपूर्ति कम भएकाले भीड नियन्त्रण गर्न मुस्किल भएको खड्काको भनाइ छ ।