काठमाडौं, २० कात्तिक । एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सहभागी भएका मन्त्री चयनमा सन्तुलन नमिलेको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज बिहान कुरागर्दै सचिव विष्टले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रको सन्तुलनलाई मिलाउन नसकेको बताउनुभयो ।
‘पार्टीभित्र महाधिवेशनमा देखिएको मनोविज्ञानलाई समेट्ने प्रयास भएन’, उहाँले भन्नुभयो, ‘पार्टीभित्रको मनोविज्ञान समेटिएको भए राम्रो हुन्थ्यो ।’
एमालेबाट अहिले मन्त्री भएकाहरू पनि सबै पार्टीका सदस्य रहेको भन्दै उहाँले भननुभयो, ‘तर महाधिवेशनको होस् वा अरु हुन् विभिन्न खालका मनोविज्ञान छन् । सबैलाई मिलाउनु पर्छ ।’
वर्तमान सरकारमा एमालेबाट मन्त्री बनेकाहरू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मात्रै छन् । वर्तमान मन्त्रिमण्डलमा एमालेबाट उपाध्यक्ष बामदेव गौतम र वरिष्ठ नेता झलनाथ खनाल निकट नेताहरू मन्त्री बन्न पाएनन् ।












प्रतिक्रिया