काठमाडौं, २० कात्तिक । नेपाल आयल निगमले प्रतिलिटर एक सय ३९ रुपैयाँ ४० पैसा घाटा हुने गरी पेट्रोल खरिदको सम्झौतासहित पेस्की रकम दिएको छ । निगमले २० करोड रुपैयाँ पेस्की दिइसकेको छ ।
निगमले २० करोड रुपैयाँ पेस्की दिएर इन्धन ल्याउन स्वीकृत दिएको विराट पेट्रो केमिकल्सबाट ठूलो नोक्सानी बेहोर्दै इन्धन खरिद गर्न लागेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
आफैंले पेस्की रकम दिएको कम्पनीबाट निगमले पेट्रोल दुई सय ३० रुपैयाँ ७१ पैसा र डिजेल एक सय ९३ रुपैयाँ ८६ पैसा प्रतिलिटर (भन्सासहित) मा खरिद गर्न लागेको छ ।
यो इन्धन हालकै बजार मुल्यमा बिक्री गर्दा निगमले प्रतिलिटर पेट्रोलमा एक सय ३९ रुपैयाँ ४० पैसा र डिजेलमा एक सय २३ रुपैयाँ ९५ पैसा प्रतिलिटर नोक्सान बेहोर्नुपर्नेछ ।
जबकी अहिले भारतबाट खरिद गरिएको पेट्रोलमा १२ रुपैयाँ ६६ पैसा र डिजेलमा ८ रुपैयाँ ५७ पैसा नाफा कमाइरहेको छ ।















प्रतिक्रिया