६ कार्तिक २०८३, शुक्रबार

कांग्रेस र एमालेबीच चर्को विवाद, कुन बढ्यो दुरी ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-koiralaकाठमाडौं, २० कात्तिक । कांग्रेसले संविधान संशोधन विधेयक र भूकम्प प्रभावित क्षेत्रमा पुर्ननिर्माण प्रयोजनका लागि तत्कालीन कांग्रेस नेतृत्वको सरकारद्वारा प्रस्तावित प्राधिकरण गठन सम्बन्धी विधेयकको विषयमा एमालेसंग दुरी बढेको कांग्रेस नेताहरुले बताएका छन ।

‘यी दुई विधेयक अल्मल्याउने षडयन्त्र भएको बताउँदै कांग्रेसको निर्णयमा भनिएको छ, यो विधेयकलाई तत्काल पारित गरी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुर्ननिर्माणलाई प्रभावकारी बनाउन सरकारसाग माग गर्दछ ।’

कांग्रेस बैठकले प्रधानमन्त्री केपी ओलीले ६ जना उपप्रधानमन्त्री बनाएको प्रति खेद प्रकट गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

‘देश कठिन अवस्थाबाट गुज्रिरहेको र जनता महंगी, अभावबाट आहत भएको बेला वर्तमान सरकारले ६ जना उपप्रधानमन्त्री नियुक्ति गर्ने, स्वेच्छाचारी ढंगले मन्त्रालय टुक्र्याउने र सत्ताको व्यापक दुरुपयोग गर्न थालेको छ’, कांग्रेसले निर्णयमा भनेको छ,’यस प्रति हामी खेद प्रकट गर्दछौ ।’