६ कार्तिक २०८३, शुक्रबार

तेल र ग्यास खोज्दै गर्दा मन्त्री पद आइ लाग्ने भाग्यमानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shanta_manawiकाठमाडौं, २० कात्तिक । एमालेकी नेत्री शान्ता मानवीलगायत केही महिला सभासद् संसद् सचिवालयको सिफारिसमा तेल र ग्यास पाइन्छ कि भन्दै बिहीबार संसद्को यातायात शाखाबाहिर गफ गर्दै थिए।

एक्कासि मानवीको मोबाइल बज्यो । उनी प्रफुल्ल भइन् र आफूसँगैका महिला सभासद्लाई राष्ट्रपति कार्यालय जानुपर्ने बताएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । सबैले मुखामुख गर्न थाले।

मानवीले भनिन्, ‘मन्त्रीको शपथ लिन शीतल निवास बोलाइयो मलाई त ।’

त्यसपछि संसद्का यातायात शाखाका कर्मचारी मानवीका लागि गाडी खोज्न थाले ।

संसद्का सबै चालक खाजा खान निस्केकाले संसद् सचिवालयले उनका लागि सवारीको व्यवस्था गर्न सकेन ।

मानवी आफैं गाडी खोजेर शीतल निवास पुगिन् ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मन्त्री बन्न अस्वीकार गरेपछि मानवीलाई एक्कासि मन्त्रीको अफर आएको थियो ।