२२ कार्तिक २०८३, आइतबार

भारतीय राजदूतलाई झलनाथको निर्देशन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalnath-khanal

काठमाडौं, १९ कात्तिक । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न भारतीय राजदूत रञ्जीत रे विहीबार खनाल निवास डल्लु पुगेका छन् ।

डल्लुमा भएको भेटवार्तामा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले नेपालमा आपूर्ति व्यवस्था सहज बनाउन भारतलाई आग्रह गरे । खनालले सीमानाकामा भैरहेको अवरोध हटाउन दूतावासबाट पहल गर्न राजदूत रे लाई निर्देशनसहितको आग्रह गरे ।

जवाफमा राजदूत रे ले परिस्थिति सकारात्मक भइरहेको र चाँडै अवरोध अन्त्य हुने बताएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।