२२ कार्तिक २०८३, आइतबार

ओली सरकारमा सीपी र चित्रबहादुर पनि उपप्रधानमन्त्री, सपथ आजै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cp-Mainali-Chitra-Bhadur-Kcकाठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा तीन वटा उपप्रधानमन्त्री थपिनुभएको छ ।

यसरी थपिनेमा एमाले उपाध्यक्ष भीम रावल, नेकपा मालेका अध्यक्ष सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी रहनुभएको छ ।

उपप्रधानमन्त्रीहरुको सपथ आजै हुँदैछ । नवनियुक्त उपप्रधानमन्त्रीहरु मध्ये रावलले सहरी विकास, केसीले सहकारी तथा गरिबी निवारण र मैनालीले महिला बालकालिका मन्त्रालय सम्हाल्नुहुने जनाइएको छ ।

यससँगै ओली सरकारमा उपप्रधानमन्त्रीको संख्या ६ पुगेको छ । यसअघि राप्रपा नेपालका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, एमाओवादीका टोपबहादुर रायमाझी उपप्रधानमन्त्री नियुक्त भइसक्नुभएको छ ।