काठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
सरकार विस्तारलगायतका विषयमा प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
सरकार विस्तारलगायतका विषयमा सो अवसरमा छलफल भएको अध्यक्ष प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।
सरकार विस्तार गरेर मुलुकसामु विद्यमान समस्या तत्काल समाधान गर्न लाग्नुपर्नेतर्फ एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको बुझिएको छ ।












प्रतिक्रिया