काठमाडौँ, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ ।
मन्त्रिपरिषद् विस्तारका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री ओली र एमाले नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।
एमाले स्थायी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीका विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्षलाई दिएको थियो । प्रधानमन्त्री निर्वाचित भएको लामो समय भइसक्दा पनि सरकारको विस्तार हुन नसकेर विभिन्न मन्त्रालयको काम प्रभावित हुँदै आएको छ ।
‘‘प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ,” एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले रासससँग भन्नुभयो – “अब विलम्ब गरेर हुँदैन ।” सम्भवतः आज साँझसम्म मन्त्रिपरिषद विस्तार हुने उहाँले बताउनुभयो ।
बुधबार बसेको एमाले शीर्षनेताहरुको बैठकले सत्तारूढ दलसँग छलफल गरेर सरकारको विस्तार गर्ने निर्णय गरेको थियो ।












प्रतिक्रिया