१ कार्तिक २०८३, शनिबार

चीनबाट धमाधम तेल आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rasuwagadi-Kerung-Naka (3)रसुवा, १९ कात्तिक । चीनले अनुदानस्वरुप दिएको पेट्रोलियम पदार्थ आउने क्रम उत्तरी नाका रसुवागढीबाट निरन्तर भइरहेको छ ।

जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार चारवटा ट्याङ्कर अहिले धुन्चेबाट काठमाडौँका लागि प्रस्थान गरिसकेको र हालसम्म २४ वटा ट्याङ्कर इन्धन काठमाडौँतर्फ गइसकेको छ ।

उता सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मले ३७ वटा ट्याङ्कर इन्धन भरी रसुवागढी नाकाबाट भित्रिएको र इन्धन भरेका केही ट्याङ्कर टिमुरे–धुन्चेबीचका सडक मार्गमा आउँदै गरेको बताएको छ । रासस