२२ कार्तिक २०८३, आइतबार

कांग्रेससहित पहिलोपटक बालुवाटारमा बसेको तीन दलको बैठक निष्कर्षविहिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baluwatar-Three-Party-Meetingकाठमाडौँ, १९ कात्तिक । तराई–मधेसमा मधेस केन्द्रित दलको जारी आन्दोलन र ती दलका मागका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठक बिनानिष्कर्ष सकिएको छ ।

बैठकमा विनाशकारी ‘गोरखा भूकम्प’पछिको पुनःनिर्माण प्राधिकरण गठन गर्ने विषयमा पनि छलफल भएको थियो । अघिल्लो सरकारले पुनःनिर्माण प्राधिकरण अध्यादेश ल्याए पनि त्यसको अवधि सकिएपछि पुनः निर्माणका कामले गति पाउन सकेको थिएन । यसबारे सरकारले संसद्मा नयाँ विधेयक ल्याउनुपर्नेछ । गत वैशाख १२ को विनासकारी भूकम्पपछि सो प्राधिकरण गठनमा तीन दलबीच विगतमा सहमति भएको थियो ।

सरकारले राष्ट्रिय महत्वका सवालमा प्रतिपक्षी दल नेपाली काँग्रेससँग पनि छलफल गर्दै जाने क्रममा बैठक गरिएको र आगामी दिनमा पनि यस्ता छलफल कायम राख्ने गरी बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

नयाँ सरकार बनेपछि राजनीतिक समस्या समाधानबारे बुधबार बेलुका पहिलो पटक प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको हो । बैठकमा सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले), प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र एनेकपा माओवादीका नेता सहभागी हुनुभएको थियो ।